२०८३ श्रावण १२
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

काँग्रेस सभापति थापा पहिलो पटक झापामा

नेपाली काँग्रेसका पुराना नेताहरुको माग नमिलेको सभापति गगनकुमार थापाले बताउनु भएको छ । आज झापाको विर्तामोडमा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति थापाले सो कुरा बताउनु भएको हो । पार्टी १५ औं महाधिवेशन तर्फ अगाडि बढेको छ । असार मसान्तसम्म क्रियाशील सदस्य अध्यवाधिक गर्न कार्यकर्तालाई आव्हान गर्नु भयो ।

सदस्यता अध्यावधिक गर्न पहिले जस्तो फारम बोकेर पार्टी कार्यालय धाउन पर्दैन् । आफैले डिजिटल माध्यमबाट फारम भर्ने हो । डिजिटल माध्यमबाट फारम भर्न छुटेका ब्यक्तिलाई काँग्रेसले चिन्दैन थापाको कथन छ ।

विशेष महाधिवेनबाट आएका समिति पुरानो समिति मिलाएर नयाँ समिति बनाउने माग स्वीकार नभएको उहाँको कथन छ ।

कार्यक्रममा सहभागी नेताहरूले संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार, सुशासन, सामाजिक न्याय तथा स्थानीय समस्याको समाधानलाई कांग्रेसको आगामी राजनीतिक प्राथमिकता बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain