आधुनिक र प्रविधियुक्त (लण्ड्री सेवा) इको साइन कमर्सियल एन्ड सेनिटाइजेसन सर्भिसको शुभारम्भ झापाको विर्तामोड हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच व्यावसायिक तथा घरायसी कपडाहरूको वैज्ञानिक र स्वच्छ व्यवस्थापनको भरपर्दो माध्यम हो इको साइन । कपडा तथा विभिन्न माध्यमबाट सर्ने संक्रामक रोग र कीटाणुहरूको जोखिमलाई कम गर्न, कपडाको गुणस्तरमा कमी आउन नदिन, शुरक्षित र किटाणुमुक्त गर्न यो प्रविधि उपयुक्त हो ।

यसका विशेषतामा अत्याधुनिक लन्ड्री र ड्राइक्लिनिङ, अन्तर्राष्ट्रिय स्तरका मेसिन र प्रविधिको प्रयोग गरी होटल, हस्पिटल, बैंक, विद्यालय, संघसंस्था तथा घरायसी प्रयोजनका कपडाहरूको व्यावसायिक धुलाइ र सुकाइ हुने छ ।
बिर्तामोड र आसपासका क्षेत्रका व्यावसायिक तथा घरायसी ग्राहकका लागि इको साइन नयाँ र भरपर्दो माध्यम हुने छ । जनस्वास्थ्य र स्वच्छतासँग जोडिएको व्यावसायिक अभियानलाई आम नागरिकसम्म पुर्याउने इको साइनको मुख्य उद्धेश्य रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्