झापाको विर्तामोडमा आयोजित झापा जिल्ला स्तरीय खुला पुरुष प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
मेहरमान बहुउद्देश्यीय कभर्डहलको आयोजनामा र बिर्तामोड नगरपालिकाको प्रायोजनमा सञ्चालन भएको दुई दिने प्रतियोगिता ४५ वर्षमाथिको पुरुष डबल्सतर्फ धुलाबारीका देवान राई–बिष्णु तामाङको जोडी प्रथम बनेको छ ।

धुलाबारीको जोडिले २१–१७ र २१–१८ को सोजो सेटमा विर्तामोडका राम अवतार घिमिरे–कृष्ण खड्का हराएका छन् । यसतै सञ्जय भक्तराज र श्याम थापा यसै गरि देबेन्द्र दुलाल–धनकुमार राईको जोडी संयुक्त तेस्रो भएका छन् । त्यसैगरी खुला पुरुष डबल्सतर्फ प्रकाश राई–सुदेन राईको जोडीले उपाधि जितेको छ । प्रकाश र सुदेनको जोडिले २१–१८ र २१–१५ को सोजो सेटमा सन्दीप राई–सरोज राईको जोडिलाई हराएको हो । खेलको कृष्ण खड्का–चाणक्य पाठक तथा सञ्जय भक्तराज र नबिन सिलवालको जोडी तेस्रो भएका छन् । विजेता दुवै विधाकाले पहिलो, दोस्रो र तेस्रोलाई नगद २५, १५ र १० हजार ट्रफि र प्रमाणपत्र दिईएको छ ।

आन्तरिक तर्फ भने देवी कार्की–दिलेन्द्र कार्कीको जोडी प्रथम, एन.एल. लिम्बु–गंगा फेदापे दोस्रो तथा महेन्द्र घिमिरे–इन्द्रजित मुखियाको जोडी र रमेश प्रसाई–उमानाथ सिलवाल तेस्रो भएका छन् ।




प्रतिक्रिया दिनुहोस्