२०८३ श्रावण १२
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

अनुशन्धान तथा प्रशिक्षण, नवनिर्मित तालिम भवनको उद्घाटन

प्रदेश अनुशन्धान तथा प्रशिक्षण प्रतिष्ठान, तालिम केन्द्रहरुको पनि तालिम केन्द्र बनाउनु पर्नेमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताउनु भएको छ । आज झापाको कलवलगुरीमा नवनिर्मित तालिम भवनको उद्घाटन कार्यक्रममा सो कुरा मुख्यमन्त्री कार्कीले बताउनु भएको हो ।अनुशन्धान तथा प्रशिक्षण प्रतिष्ठान आधुनिक, प्रविधियुक्त र अन्तराष्ट्रिय स्तरको बनाउन कर्मचारीलाई कार्कीले निर्देशन दिनु भएको छ । कलवलगुरीमा अनुशन्धान गरेका र तालिम लिएका ब्यक्ति अन्तराष्ट्रिय क्षेत्रमा समेत अवल हुनु पर्दछ । तालिम दिने विज्ञ, थप कर्मचारी आवश्यक भए प्रदेश सरकाले पूरा गर्ने उहाँले बताउनु भएको छ ।

अनुशन्धान तथा प्रशिक्षण प्रतिष्ठान भवन ४ करोड ७२ लाख रुपैयामा निर्माण गरिएको छ । चालीस चालीस जना अट्ने २ वटा तालिम हल र पच्चीस पच्चीस जना अट्ने २ वटा हल रहने छ । प्रदेश सरकारको आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain