प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष तथा सातै प्रदेश सभाका उपसभामुखहरू, नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको भावना, विधिको शासन, जनसरोकारमा आधारित लोकतान्त्रिक शासन प्रणाली, शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको संवैधानिक सिद्धान्त तथा जनउत्तरदायी संसदीय व्यवस्थाप्रति पूर्ण प्रतिवद्धता व्यक्त गर्दै, विर्तामोड, झापामा सम्पन्न “संसदीय अनुभव आदानप्रदानका लागि उपसभामुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलन–२०८३“ वाट यो घोषणा–पत्र जारी ।

१. संघीय संसदका उपसभामुख÷उपाध्यक्ष साथै प्रदेश सभाका उपसभामुखहरूको भुमिकालाई सशक्त र प्रभावकारी बनाउन संसदको वार्षिक कार्यतालिका निर्माण र कार्यान्वयन गर्ने एवं संसदीय समिति को समन्वय र समितिले दिएका प्रतिवेदन एवं निर्देशन कार्यान्वयनको अवस्था अनुगमन गर्ने । २. महिला सशक्तिकरण, लैंगिक बजेटको तर्जुमा र कार्यान्वयनको अनुगमन, सभा र नागरिक बीच विभिन्न विषयमा नीतिगत बहस र छलफल, सभाभित्र महिला समन्वय समितिको व्यवस्था र प्रभावकारी नेतृत्व, बजेटको प्राथमिकता, बजेट सम्बन्धी कानूनको आवश्यकता जस्ता विषयमा समेत छलफल बहस गर्दै सभाका नियमावलीहरूमा व्यवस्था गर्न पहल गर्ने ।

३. संघीय संसद र प्रदेश सभा सचिवालयको संस्थागत क्षमता अभिवृद्धिका साथै जनशक्ति, स्रोत साधनको सुनिश्चितता, प्रविधिमैत्री संसदको व्यवस्थाको विकासमा पहल गर्ने, समावेशी र सक्षम संसद निर्माणका लागि संघीय संसदका उपसभामुख÷उपाध्यक्ष एवं प्रदेश सभाका उपसभामुखहरुको भूमिकालाई प्रभावकारी बनाउँदै महिला नेतृत्व विकास, महिला सदस्यहरूको क्षमता विकास, अध्ययन तथा अनुसन्धान, डिजिटल व्यवस्थापिका प्रवद्र्धन तथा संघीय संसद र प्रदेश सभा सचिवालयको संस्थागत सुद्धीकरणलगायतका विषयमा संघीय तथा प्रदेश सभाका नियमावलीहरूमा आवश्यक कानूनी व्यवस्था गर्न पहल गर्ने ।
४. संघीय संसदका उपसभामुख÷उपाध्यक्ष एवं प्रदेश सभाका उपसभामुखहरुको संवैधानिक तथा संसदीय भूमिकालाई सशक्त बनाउन व्यवस्थापिकाबाट निर्मित कानूनहरूको उत्तरविधायिकी परीक्षण (एयकत–ीभनष्कबितष्खभ क्अचगतष्लथ) मा नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।

५. संघीय संसदका उपसभामुख÷उपाध्यक्ष एवं प्रदेश सभाका उपसभामुखहरुको सम्मेलन आपसी अनुभव आदन प्रदान गर्न उपयोगी महसुस भएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने, साथै सभाको काम कारवाहीलाई सम्वृद्ध बनाउन असल अभ्यासहरुको अनुसरणका निम्ति संघीय संसदका उपसभामुख÷उपाध्यक्ष एवं प्रदेश सभाका उपसभामुखहरू बीच आवश्यकता अनुसार समय समयमा छलफल, अन्तरक्रिया र परामर्शद्वारा अनुभव आदान प्रदान गर्न आगामी कार्यक्रम बागमती प्रदेश सभाले आयोजना गर्ने । सहभागी अतिथिहरु उपसभामुख माननीय रुवी कुमारी, प्रतिनिधि सभा, माननीय उपाध्यक्ष लिला कुमारी भण्डारी, राष्ट्रिय सभा । उपसभामुख सृजना दनुवार, कोशी प्रदेश सभा । उपसभामुख बविता कुमारी राउत ईशर, मधेश प्रदेश सभा । उपसभामुख अपसरा चापागाई, बाग्मती प्रदेश सभा । उपसभामुख विना कुमारी थापा, गण्डकी प्रदेश सभा । उपसभामुख मेनुका खाँड के.सी., लुम्बिनी प्रदेश सभा । उपसभामुख यशोदा न्यौपाने, कर्णाली प्रदेश सभा । उपसभामुख कोइली देवी चौधरी, सुदुरपश्चिम प्रदेश सभा ।




प्रतिक्रिया दिनुहोस्