नेपाल जेसिजको गरिमामय इतिहास बोकेको ५३ औं राष्ट्रिय सम्मेलन तथा महाधिवेशन यही २०८३ साल पुस ८ गतेदेखि १० गतेसम्म झापाको भद्रपुरमा हुने पत्रकार सम्मलेन मार्फत जानकारी दिइएको छ । भद्रपुर जेसिजको आतिथ्यमा हुने राष्ट्रिय महाधिवेशन नेपाल जेसिजकै सबैभन्दा ठूलो उत्सव हो । यस महाधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न भद्रपुर जेसिज प्रतिबद्ध रहेको जनाइएको छ । 
सहभागिताः देशभरका करिब २०० शाखाबाट प्रति शाखा ७ जना प्रतिनिधि र ५ जना पर्यवेक्षक गरी करिब ३ हजार २०० जनाको सहभागिता रहनेछ । जसमा रजिष्ट्रेशन सहित आवासको व्यवस्था भएका १ हजार ९०० सय जना र आवास रहित १ हजार ३०० जना रहनेछन् । साथै पूर्व राष्ट्रिय अध्यक्षज्यूहरु, पूर्व शाखा अध्यक्षज्यूहरु तथा वर्तमान राष्ट्रिय कार्यसमितिका पदाधिकारीहरु पर्यवेक्षकको रुपमा सहभागी हुनेछन ।

स्थल र आवास व्यवस्थापनः महाधिवेशनको मूल समारोह मेची रंगशाला, भद्रपुर मा हुनेछ । ठूलो संख्यामा सहभागी हुने अतिथिहरुलाई आवासमा समस्या नहोस् भनी भद्रपुरमा करिब ५०० जना र बाँकीलाई बिर्तामोड, धुलाबारी र काँकडभिट्टाका होटल तथा लजहरुमा आवासको प्रवन्ध मिलाइएको छ ।

कार्यक्रमको उद्देश्य र कार्यसूचीः यस महाधिवेशनमा साधारण सभा, नयाँ नेतृत्व चयनका लागि निर्वाचन, आगामी वर्षको कार्ययोजना प्रस्तुति, आय–व्यय प्रतिवेदनमाथि छलफल, आगामी वर्षको बजेट निर्धारण लगायतका कार्यहरु देखि बाहेक नेपाल जेसिज तथा अन्तर्राष्ट्रिय जेसिजमा मान्यता प्राप्त प्रशिक्षकज्यूहरुबाट विभिन्न विषयमा व्यक्तित्व र नेतृत्व सम्बन्धि विशेष तालिमहरु समेत प्रशिक्षण गराइनेछ ।

यसका अतिरिक्त 3A (Act, Aim, Achievements) विषयमा प्रकरण / कार्यपत्र प्रस्तुति र सो माथि लब्धप्रतिष्ठित व्यक्तित्वहरुबाट टिप्पणी तथा राय संकलन र मनोरञ्जनात्मक कार्यक्रमहरु समेत रहनेछन्। साथै, क्षेत्र A. В. С. D का अध्यक्षज्यूहरुको क्षेत्रिय बैठक संचालन हुनेछ। महाधिवेशन सम्पन्न गर्न १९ सदस्यीय Steering Committee गठन गरी कार्य विभाजन गरेर अघि बढिरहेका छौं।

महाधिवेशन स्थलमा Ladies/Gents Parlour, Stalls, स्तनपान कक्ष, सहभागीहरुका लागि निरन्तर चिया खाजा, खाना तथा सहभागीहरुका लागि Souvenir Kit Bag को उचित व्यवस्था गरिनेछ। आर्थिक व्यवस्थापनः यस राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न करिब २ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

रजिष्ट्रेशन, विज्ञापनबाट हुने आम्दानी बाहेक उद्योगी, व्यवसायी, स्थानीय तह र विभिन्न संघ संस्थाहरुबाट सहयोग संकलन गरी महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने लक्ष्य लिएका छौं। ठूलो धनराशीको आवश्यकता भएतापनि भद्रपुरलाई राष्ट्रिय स्तरमा परिचित गराउने पवित्र उद्देश्यका साथ हामीले यो आँट गरेका हौं। हाम्रो सबैभन्दा मूल चुनौती महाधिवेशनको उत्कृष्ट व्यवस्थापनको साथै आर्थिक संकलन रहेको छ र हाम्रो सम्पूर्ण शक्ति यसैमा केन्द्रित छ।




प्रतिक्रिया दिनुहोस्