२०८३ भाद्र २७
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी, झापाको निधि कलेजमा सञ्चालन

ह्वाइटहाउस एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी, झापामा समेत शुरु गरेको छ । उक्त कुराको जानकारी पत्रकार सम्मेलन मार्फत अध्यक्ष युवराज शर्माले जानकारी दिएका हुन् । आज हामी केवल एउटा कार्यक्रम गरिरहेका छैना ैं। हामी भविष्यको शिक्षा, नवप्रवर्तन, प्रविधि र युवाको सम्भावनालाई एउटै मञ्चमा जोड्ने एउटा अभियानको सुरुवात गरिरहेका छौं सञ्चालनको भनाई छ ।

ह्वाइटहाउस एजुकेसन फाउन्डेसनले विगत तीन दशकदेखि नेपालको शिक्षाक्षेत्रमा गुणस्तरीय, व्यावहारिक र विश्वस्तरीय शिक्षाको विकासका लागि निरन्तर योगदान दिँदै आएको छ । त्यही अनुभव र प्रतिबद्धतासहित पूर्वी नेपालमा उत्कृष्ट उच्च शिक्षाको नयाँ अध्याय प्रारम्भ शुरु गरेको हो ।

हाम्रो विश्वास छ अबको शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम होइन, जीवन निर्माण गर्ने प्रक्रिया हो। त्यसैले हामी विद्यार्थीहरूलाई केवल डिग्री दिने होइन, सीप, नेतृत्व, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता, कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) र विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउने शिक्षामा केन्द्रित छौं ।

बिर्तामोड आज पूर्वी नेपालको प्रमुख शैक्षिक, आर्थिक र व्यावसायिक केन्द्रका रूपमा तीव्र गतिमा विकास भइरहेको छ। हामी चाहन्छौं कि यही भूमिबाट भविष्यका उत्कृष्ट इन्जिनियर, आईटी विज्ञ, उद्यमी, अनुसन्धानकर्ता र परिवर्तनका नेतृत्वकर्ता तयार होऊन् ।

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain