जब इलामका यी डाँडाबाट बिहानको पहिलो सूर्य किरण कञ्चनजङ्गाको हिमशृङ्खलामा सुनौलो रङ छर्दै उदाउँछ त्यसै क्षण प्रकृक्तिले नेपाललाई दिएको अनुपम उपहारको अनुभूति हुन्छ। यही अनुपम सौन्दर्य, यही सांस्कृतिक आत्मीयता र यही साझा सभ्यताले नेपाललाई भारतीय पर्यटकका लागि केवल एउटा छिमेकी देश होइन आत्मीय गन्तव्य बनाएको छ ।
नेपाल र भारत बीचको सम्बन्ध कुनै औपचारिक कूटनीतिक सम्बन्ध मात्र होइन यो साझा सभ्यता, धार्मिक विश्वास, सांस्कृतिक परम्परा, खुला सीमा, पारिवारिक सम्बन्ध र जनस्तरको आत्मीयतामा आधारित सम्बन्ध हो। यही सम्बन्धलाई थप जीवन्त बनाउने सबैभन्दा प्रभावकारी माध्यम पर्यटन हा े। पर्यटक केवल एउटा देशबाट अर्को देश जाने व्यक्ति होइन । दुई समाजबीचको सद्भाव, विश्वास र मित्रताको बाहक समेत हो ।

आजको विश्वमा पर्यटन अर्थतन्त्रको शक्तिशाली आधार बनेको छ। नेपालको सन्दर्भमा भारतीय पर्यटक केवल छिमेकी देशका आगन्तुक मात्र होइनन्, उनीहरू हाम्रो पर्यटन विकासका सबैभन्दा विश्वसनीय साझेदार हुन् ।
यस कार्यपत्रको उद्देश्य भारतीय नागरिकहरूलाई नेपालका विविध पर्यटकीय सम्भावनाबारे जानकारी गराउन नेपाल भ्रमणप्रति प्रेरित गर्नु तथा विशेषगरी कोशी प्रदेशलाई भारतीय पर्यटकको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने सम्भावनाको चर्चा गर्नु हो ।

नेपाल र भारतः मित्रताको अर्को नाम
नेपाल र भारत बीचको सम्बन्ध हिमालभन्दा अग्लो र नदीभन्दा गहिरो भनेर प्रायः वर्णन गरिन्छ। भगवा पशुपतिनाथदेखि काशी विश्वनाथसम्म, जनकपुरदेखि अयोध्यासम्म, लुम्बिनीदेखि बोधगयासम्म फैलिएको साझा धार्मिक र सांस्कृक्तिक विरासतले यी दुई देशलाई अद्वितीय रुपमा जोडेका छन्। खुला सीमाका कारण दुवै देशका नागरिक सहज रुपमा एकअर्काको देशमा आउजाउ गर्छन् । विवाह, व्यापार, शिक्षा, उपचार, तीर्थयात्रा र पर्यटनले यो सम्बन्धला निरन्तर सुदृढ बनाइरहेको छ। अब समय आएको छ यस आत्मीय सम्बन्धलाई पर्यटनको नयाँ उचाइमा पुर्याउने अतिथि देवो भव“ भन्ने संस्कार नेपाल र भारत दुवै देशको साझा जीवनदर्शन हो। त्यसैले दुई देश बीचक सम्बन्ध केवल राजनीतिक वा कूटनीतिक सम्बन्ध मात्र होइन, सभ्यता, संस्कृक्ति, धर्म, भाषा, इतिहास परिवार भावनाको सम्बन्ध पनि हो। हाम्रो सिमाना हिमाल वा नदीले छुट्याएका होइनन् बरु संस्कृक्तिले जोडेका दुई देशका रूपमा नेपाल र भारत विश्वमै विशिष्ट उदाहरण हुन् ।
आज हामी भारतको स्वतन्त्रता दिवसको अवसरमा पूर्वी नेपाल इलामको धार्मिक तथा पर्यटकीय स्थल कन्याम, कुटी डाँडामा भेला भएका छौं । जुन जिल्लामा बिहानको पहिलो सूर्य किरणले कञ्चनजङ्गाका हिम श्रृङ्खलालाई सुनौलो बनाउँछ, जहाँ हरियाली चिया बगानले प्रकृक्तिसँग संवाद गरिरहेको अनुभूति गराउँछ, त्यही भूमिबाट नेपाल भारत पर्यटन सहकार्यका सम्भावना बारे विचार आदान–प्रदान गर्नु आफैमा अर्थपूर्ण छ ।
पर्यटन केवल एउटा उद्योग होइन, यो दुई देशका जनतालाई अझ नजिक ल्याउने सबैभन्दा प्रभावकारी माध्यम हो । पर्यटकले पैसा मात्र खर्च गर्दैन, उसले अनुभव बोक्छ, मित्रता बाँड्छ र अर्को देशको सकारात्मक छवि निर्माण गर्छ । त्यसैले भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्नु पर्यटन प्रवर्तन मात्र होइनन नेपाल भारत मित्रतालाई थप सुदृढ बनाउने अभियान पनि हो ।

नेपालः सानो देश असीमित अनुभव
विश्वका धेरै देशले एउटा विशेषता लिएर पर्यटकलाई आकर्षित गर्छन्। नेपाल भने एउटै यात्रामा हिमाल, पहाड तराई, जङ्गल, नदी ताल, धार्मिक आस्था, साहसिक खेल, जैविक विविधता र सांस्कृतिक सम्पदाको अद्भुत संगम अनुभव गर्न सकिने देश हो। नेपाल आउने भारतीय पर्यटकले केवल प्राकृतिक सौन्दर्य मात्र होइन, आफ्नो सभ्यता र संस्कृतिसँग नजिकको आत्मीय सम्बन्ध पनि महसुस गर्छन् ।
नेपालको पर्यटनः प्रकृतिदेखि अध्यात्मसम्म नेपाल प्रक्तिको अनुपम उपहार हो। सगरमाथाको शिखरदेखि तराईका हरियाली मैदानसम्म, हिमाली पदमार्गदेखि वन्यजन्तुले भरिपूर्ण राष्ट्रिय निकुञ्जसम्म, शिवको आराधनादेखि बुद्धको शान्तिको सन्देशसम्म नेपाल घुम्ने पर्यटकले एकै यात्रामा अनेकौ अनुभव प्राप्त गर्न सक्दछ। भारतीय पर्यटकका लागि नेपाल भ्रमण सहज छ। कारणः खुला सीमा, सांस्कृतिक समानता, भाषागत सहजता, धार्मिक आस्था, पारिवारिक वातावरण, तुलनात्मक रूपमा कम खर्च र छोटो समयमै विविध अनुभव । यी सबै कारणले नेपाल भारतीय पर्यटकको पहिलो रोजाई बन्न सक्ने पर्याप्त आधार राख्दछ। यही कारणले भारतीय पर्यटकका लागि नेपाल कुनै अपरिचित देश होइन आत्मीय गन्तव्य हो ।

धार्मिक तथा प्राकृतिक पर्यटनः
नेपाल हिन्दु र बौद्ध दुवै धर्मका अनुयायीका लागि अत्यन्त पवित्र भूमि हो। धार्मिक पर्यटनका दृष्टिले पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, लुम्बिनी, स्वर्गद्वारी, बराह क्षेत्र जस्ता स्थल विश्वभरका श्रद्धालुका लागि महत्वपूर्ण छन् । प्राकृक्तिक पर्यटनका दृष्टिले पोखराको फेवाताल, अन्नपूर्ण पदयात्रा, सगरमाथा क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, राराताल, घोडेपानी, घान्दुक, मुस्ताङ लगायतका गन्तव्यहरु विश्वकै उत्कृष्ट पर्यटनस्थलमध्ये पर्दछन् । साहसिक पर्यटन, हिमाल आरोहण, प्याराग्लाइडिङ, राफ्टिङ, बन्जी जम्प, जंगल सफारी, स्थानीय संस्कृति, मौलिक खानाका परिकार हुन् । यद्यपि नेपालको विशेषता यति मात्र होइन यहाँको आतिथ्य सांस्कृक्तिक विविधता स्थानीय परिकार र आत्मीय व्यवहार पनि हो ।
प्रभावकारी माध्यमका रूपमा स्थापित गर्यो । नेपालका राष्ट्रिय खेलाडी तथा भारतका सिक्किम र सिलिगुडीका टोलीको भागिताले सीमापार खेलकद सहकार्यको सम्भावना उजागर गर्यो। यस्तो प्रतियोगिताले होटल, यातायात, रेस्टुरेन्ट सानीय बजार र पर्यटन सेवामा प्रत्यक्ष आर्थिक गतिविधि सिर्जना गर्नुका साथै सम्बन्धित क्षेत्रको सकारात्मक राष्ट्रिय पहिचान निर्माण गर्न सहयोग पुयाउँछन्। त्यसैले आगामी दिनमा खेलकुद पर्यटन (स्पोर्ट ट्रिजम) लाई नेपाल–भारत पर्यटन सहकार्यको महत्वपर्ण आयामका रूपमा विकास गर्न आवश्यक छ ।

लेति– भारत मैत्री सबको भूमिका
नेपाल – भारत मैत्री सङ्घ सामाजिक सम्बन्ध विस्तार गर्ने संस्था मात्र नभई पर्यटन, संस्कृति, शिक्षा र जनस्तरीय समस्त्यलाई मजबुत बनाउने साझा मञ्च पनि हो। संघले दुवै देशका पर्यटन व्यवसायी, सञ्चारकर्मी, सामाजिक अगुवा तथा युवाचीच पर्यटन सम्बन्धी कार्यक्रम सञ्चालन गरी नेपाल भ्रमणको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल सक्छ ।
पर्यटन प्रवर्धनका लागि भइरहेका पहल र भावी रणनीति
नेपालले पछिल्ला वर्षहरूमा भारतीय बजारलाई लक्षित गर्दै विभिन्न प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा नेपाल पर्यटन बोर्डको आयोजनामा २०८२ साल पुष २५ देखि २७ गतेसम्म भारतको पश्चिम बङ्गाल सिलिगुरीमा बङ्गाल टुरिजम मार्टको आयोजना र मधेस प्रदेशको सिमरामा आयोजित मधेश ट्राभल मार्टलाई उदाहरणका रूपमा लिन सकिन्छ। पर्यटन कार्यालय काँकरभिटाले अप्रिल ७ ÷ ८ तारिखमा बिर्तामोडमा आयोजना गरेको कोशी–बङ्गाल अगतिगचब ि७ तयगचष्कm ाभकतष्खब ि२०२६ कार्यक्रमलाई पनि यसकै उदाहरण रूपमा लिन सकिन्छ। भर्खरै मात्रै पनि झापा र सीमा पारिका पत्रकारहरूले आपसी सहकार्यका लागि इन्डो नेपाल मिडिया फोरम गठन गरेका छन् । व्यस्ता प्रयासहरूले नेपाल भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउन सकारात्मक सञ्चारको प्रवाह गर्दछ ।

नारतीय पर्यटकलाई लक्षित गर्नुपर्ने किन ?
नारत विश्वकै ठूलो पर्यटन बजारमध्ये एक हो। नेपालसँग सीमा जोडिएका पश्चिम बङ्गाल, बिहार, सिक्किम तथा उत्तरपूर्वी भारतीय राज्यका लाखौं नागरिकका लागि नेपाल सबैभन्दा सहज विदेशी गन्तव्य बन्न सक्छ । यदि ती नर्यटकमध्ये सानो अंशलाई मात्र पत्ति नेपाल ल्याउन सकियो भने यसले स्थानीय होटल होमस्टे, यातायात, कृषि, हस्तकला व्यापार र रोजगारीमा ठूलो सकारात्मक प्रभाव पार्नेछ। भारत नेपालको सबैभन्दा ठूलो पर्यटन स्रोत बजार भएकाले कोलकाता, सिलिगुरी, पटना, गुवाहाटी, लखनउ, बाराणसी, नयाँ दिल्ली, मुम्बई जस्ता सहरहरूमा लक्षित पर्यटन प्रवर्धन कार्यक्रम निरन्तर संचालन गर्न सके नेपालको पर्यटन उद्योगले थप गति लिन सक्छ ।

नेपालको पर्यटनको वर्तमान अवस्था
नेपाल पर्यटन बोर्डका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ लाख ९ हजार ३५७ पुगेको छ । तीमध्ये भारतबाट मात्रै ३ लाख ११ हजार ५३१ जना करिब २५ दशमलव ७६%) पर्यटक नेपाल आएका छन्, जसले भारतलाई नेपालको सबैभन्दा ठूलो पर्यटन स्रोत बजारको रुपमा स्थापित गरेको छ। यो बाहेक खुला सीमा र आवत जावतमा कुनै रोकटोक नभएका कारण भारतबाट यो भन्दा बढी संख्यामा भारतीयहरू नेपाल आउने गरेका छन्। जसको तथ्याङ्क यहाँ उल्लेख छैन । यसपछि अमेरिका ( १ लाख ११ हजार ३२५) र चीन (१ लाख ९ हजार ८९२) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। सार्वजनिक तथ्याङ्कले नै पनि नेपालको पर्यटन विकासमा भारतीय पर्यटकको भूमिका कति महत्वपूर्ण छ भन्ने स्पष्ट पार्छ। आगामी वर्षलाई सरकारले आरोग्य पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेसँगै पर्यटन क्षेत्रमा नयाँ अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ। तथ्याङ्कले नेपाल आउने प्रत्येक चार विदेशी पर्यटकमध्ये एकजना भारतीय देखिएका छन्, तब भारतीय पर्यटकलाई लक्षित पर्यटन नीति प्रचार–प्रसार र पूर्वाधार विकास नेपालको प्राथमिकतामा पारिनु पर्छ । विशेषतः भारतसँग सिधा सिमा जोडिएको कोशी प्रदेशले यस अवसरलाई आर्थिक समृद्धिमा रुपान्तरण गर्न सक्छ, सक्नुपर्छ।

पर्यटन प्रवर्धनका लागि आवश्यक रणनीति
अब केवल प्राकृतिक सौन्दर्य भएर मात्रै पुग्दैन आधुनिक प्रचार–प्रसार र उत्कृष्ट सेवासँगै अघि बढ्नुपर्छ । हामीले, डिजिटल प्रचारप्रसारलाई तीव्र बनाउनु पर्छ । भारतीय संचार माध्यम तथा सामाजिक सञ्जालका प्रभावकर्तासँग सहकार्य गर्नुपर्छ । नेपाल – भारत संयुक्त पर्यटन प्याकेज विकास गर्नुपर्छ। संयुक्त पर्यटन वर्ष मनाउने कार्ययोजना अघि सार्नुपर्छ । धार्मिक पर्यटन सर्किट निर्माण गर्नुपर्छ । होमस्टे तथा स्थानीय संस्कृक्तिलाई पर्यटनसँग जोड्नुपर्छ ।
निजी क्षेत्र र स्थानीय तहसँग सहकार्य बढाउनुपर्छ ।

निष्कर्ष
नेपाल भारत बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने सबैभन्दा सुन्दर माध्यम पर्यटन हुनसक्छ । प्रत्येक भारतीय पर्यटक केवल एक आगन्तुक होइन। उनी नेपाल र भारतबीचको मित्रताको दूत पनि हुन् नेपाल प्रक्तिको वरदान हो, भारत हाम्रो आत्मीय मित्र हो। सीमा दुई देशको हुन सक्छ तर प्रकृक्ति संस्कृक्ति र आत्मीयता नेपाल र भारतको साझा सम्पत्ति हो ।

नेपाल र भारत बीचको मित्रता केवल इतिहासको विषय होइन, यो भविष्यको पनि आवश्यकता हो। यदि पर्यटनलाई दुई देशबीचको साझा अभियानका रुपमा अघि बढाउन सकियो भने त्यसले आर्थिक समृद्धि मात्र होइन जनस्तरको विश्वास सद्भाव र आत्मीयतालाई पनि नयाँ उचाइमा पुर्याउनेछ। तसर्थ, “सीमा नजिक छ, सम्बन्ध अझ नजिक छ, अब पर्यटन मार्फत समृद्धिको नयाँ यात्रा सुरु गरौं ।“



प्रतिक्रिया दिनुहोस्