२०८३ भाद्र २७
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

किरायाको नवौं जिल्ला अधिवेशन विर्तामोडमा

किरात प्रदेश क्षेत्रको ऐतिहासिक सचेत जिल्ला झापामा बसोवास गर्दै आउनुभएका विविध जातजातिहरु मध्ये किरात राई एक विशिष्ठ जातिका रुपमा रहेको सर्वविदितै छ । २६ भाषी राईहरु मध्ये प्रायः सबै भाषी राई जातिहरु झापा जिल्लामा बसोवास रहेको छ । नेपालको जनगणना २०७८ को तथ्याङ्क अनुसार झापामा करीब ६० हजार जनसंख्या रहेको राई समुदायको आफ्नै विशेषता रहेको छ । प्रकृक्तिसँग रमाउने, आफ्नो कुल धर्मलाई सदैव शिरमा राखेर हिड्ने सबै जातजाति, धर्म सम्प्रदायसँग मित्रभाव प्रकट गर्दै हिंड्ने किरात राईहरुको उन्नति र प्रगतिका लागि गठित हाम्रो मातृ संगठन किरात राई यायोक्खाको ९ औं जिल्ला अधिवेशन यही मिति २०८३ भाद्र २० र २१ गते झापाको विर्तामोडमा आयोजना हुने भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

राई जातिहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको जर्गेना गर्न र नवपुस्ताहरुलाई समेट्दै लैजानुपर्ने दयित्वका बिच सम्पन्न गर्न लागिएका ऐतिहासिक जिल्ला अधिवेशनलाई सफल बनाउन सञ्चार माध्यमलाई आग्रह गरिएको छ ।
झापाको १५ वटै पालिका अन्र्तगत विभिन्न ३७ स्थानमा किरात राई यायोक्खाको प्रारम्भिक समिति तथा संयुक्त वार्ड समितिहरु निर्माण भई विभिन्न रचनात्मक गतिविधि गर्दै आएको छ । सबै समितिले उभौली उधौली पर्व हर्षोउल्लासका साथ मनाउदै सबैलाई भाइचारा सम्बन्ध कायम गर्दै आएको सर्वविदितै छ ।


यो पटक किरात राई यायोक्खा झापा जिल्ला समितिले ९ औं जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न गर्न र किरात राई जातिलाई अझ उन्नति र प्रगति पथमा लैजानका लागि नयाँ समिति निमार्ण गर्न लागिएको हो ।
अन्तयमा हाम्रा सामु केही दाजुभाईले उठाउँदै आएको सुनसरीको धरान स्थित ऐतिहासिक किरात समुदायको स्थल विजयपुर दरवार आपसी समझदारीमा समाधान हुँदै गएको जानकारी गराउँदछौ ।
उक्त अधिवेशन भव्य रुपमा सफल बनाउनको लागि किरात राई यायोक्खा जिल्ला कार्यसमिति झापाले तपशिल अनुसारको उपसमितिहरु निर्माण गरिएको छ ।


तयारी उप–समिति,
संयोजक उपाध्यक्ष श्री लिला बहादुर राई
सह–संयोजकः  जि. सदस्य श्री के.डि. राई
सदस्यहरु ः जिल्ला कार्यसमितिका पदाधिकारी सबै, वितर्तामोड नगर अध्यक्ष र सचिव, अर्जुनधारा नगर अध्यक्ष र सचिव

आर्थिक उप–समिति,
संयोजकः सचिव श्री गौरिमान राई
सदस्यः जि.स.को.श्री आनन्द राई
सदस्यः जि.स.श्री सुनिल राई
सदस्यः जि.स.श्री हिरन्य राई
सदस्यः आ.स.स. सन्तोष राई

प्रचारप्रसार उप–समिति,
संयोजक ः श्री सन्देश राई (सह–सचिव)
सदस्यः श्री राजन सम्पाङ (अध्यक्ष–किरात राई पत्रकार संघ झापा)
सदस्यः श्री रजनि राई जि.स.
सदस्यः श्री सबै पालिका समितिका सचिव अतिथि सत्कार उप–समिति

अतिथि सत्कार उपसमिति
संयोजकः जि.स.स. श्री चिजा राई
सह–संयोजकः जि.स.श्री रामकुमारी राई
सदस्यः जि.स.श्री तारा राई
सदस्यः जि.स. श्री दिल कुमारी राई
सदस्यः श्री बसन्ति राई

युवा तथा स्वयंसेवक उप–समिति
संयोजकः जि.स.श्री सुनिल राई
सदस्यः जितेन साम्पाङ
ः मिलन रुम्दालि
ः अयुप राई
ः सञ्जय राई

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain