२०८३ कार्तिक ११
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

उपभोक्ता जागरण अभियान नेपालको गतिविधि

उपभोक्ता जागरण अभियान नेपालको गतिविधिले जनचेतना बृद्धिको काम गरेको छ । मिति २०८३ भदौ २२ गते मेचीनगर–९ स्थित दास किराना पसलले गाईभैसीलाई खुवाउने दाना म्याद गुज्रेको अवस्थामा बिक्री गरेको भन्ने उपभोक्ता जागरण अभियान नेपाल मार्फत स्थानिय जय प्रसाद आचार्यले गुनासो गर्नुभए पछि उपभोक्ता जागरण अभियानले जिल्ला प्रसाशन कार्यालय झापालाई घट्नाको अनुसन्धान र कानुनी कार्वाहीका लागि अनुरोध गरेको थियो । उपभोक्ताको गुनासो सम्बोधनको क्रममा प्रजिअ श्रवण कुमार पोखरेलको निर्देशनमा जिल्ला प्रसाशन कार्यालयका प्रशासकिय अधिकृत टिकाराम निरौलाको नेतृत्वमा खाघ प्रविधि अनुसन्धानका सुवास चन्द्र ओस्ती इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी नायव निरीक्षक शंकर कुमार खत्रि जिल्ला प्रसाशन कार्यालयका प्रतिनिधी यदुनन्दन दाहाल समेतको अनुगमन टोलीले उक्त पसलमा सोही दिन अनुगमन गरेको थियो। अनुगमनका क्रममा बिरगञ्ज उप–महानगरपालिका–२१ स्थित प्रो. वायोटेक इन्ड्रष्ट्रिज लिमिटेड द्वारा उत्पादित शक्ति ब्राण्डका वि–२१, बी–२२, बी–२३, बी–२४ व्याच नंम्बरका १४ बोरा अर्थात ४९० के.जी. पशुदाना म्याद गुज्रिएको अवस्थामा फेला परेर बरामद भएको थियो । बरामद दानाको बोरामा उत्पादन मिति २०८३ जेठ ६ गते र उपभोग अवधी ६० दिन भनेर स्पष्ट लेखिएको थियो। उक्त पसलले मिति २०८३ भदौ १४ गते एकबोरा दाना बिक्री गरेको थियो । सो दाना खाएर उहाँले पालेको गाई बिरामी भएको थियो। बिरामी गाईको उपचारमा चारहजार खर्च भएको थियो । म्याद गुज्रिएको दाना विक्री वितरण गरेको ठहरसहितको अनुगमन प्रतिवेदन प्राप्तभएपछि मिति २०८३ भाद्र २३गते प्रमुख जिल्ला अधिकारीको निर्णय अनुसार मेचीनगर–९ को उक्त दास किराना पसललाई खाद्य सुरक्षा ऐनको दफा ३९ (ज) बमोजिम दुईलाख रुपैयाँ जरिवाना भएको जानकारी प्रात भएको छ । म्याद गुज्रिएको सामाग्री प्रसाशनले बरामद गरी दुईलाख रुपैया तत्कालै जरिवाना समेत गराएको जानकारी प्राप्त भएकोछ ।
उपभोक्ता जागरण अभियानले उपभोक्ता संरक्षण ऐन–२०७५ ले उपभोक्ता अधिकारको संबैधानिक र कानूनी व्यवस्था गरे बमोजिमः अभियानको रुपमा कार्यक्रम सञ्चालन गरिरहेको व्यहोरा समेत अनुरोध छ । नेपालको संबिधान, २०७२ को धारा ४४ (१) अनुसार प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हकको समेत संरक्षण गर्ने संस्थाको उद्देश्य रहेको हुँदा नियमित र प्रभावकारी बजार अनुगमन कार्य गर्ने गराउने व्यवस्थाका साथै अनुगमन कार्यमा यस समितिका पदाधिकारीको समेत अनिवार्य सहभागिता गराउने व्यवस्था हुन सम्बद्ध पक्ष र निकायलाई हामीले पटक–पटक खबरदारी गरेकाछौ । साथ–साथै यस संस्थाले नागरिक समाजका व्यक्तिहरु एवं विद्यालय÷कलेजतहका छात्र–छात्रालाइ उपभोक्ता शिक्षा कार्यक्रम समेत सञ्चालन गर्ने भएको हुँदा उपभोक्ता सँग सरोकार रहने सबै कार्यक्रमहरुमा सचेतना कक्षा समावेश गरी प्रशिक्षकको रुपमा यस समितिका पदाधिकारीलाइ परिचालन गर्ने कार्यमा आवश्यक सहयोग पुर्याइदिन हुन सादर अनुरोध समेत गर्ने गरिएकोछ ।

मिति २०८३ भदौ २९ गते बुद्धशान्ती गाँउपालिका बडा नं. ३ बुधबारे स्थित नारायण कडरिया प्रोपाइटर रहेको शिवम् ट्रेड इण्ड सप्लायर्सले प्रचलित बजार मुल्यको तुलनामा दोब्बर भन्दा बढिमुल्यमा काँडेतार बिक्री गरिरहेको भन्ने गुनासो उपभोक्ता जागरण अभियान नेपालमा प्राप्त भएपछि हाम्रो संस्थाको पहलमा जिल्ला प्रसाशन कार्यालय झापामा कानूनी कार्बाही गरिपाउँ भनेर पीडित उपभोक्ताले लिखित उजुरी दिनुभएको छ । प्रजिअ श्रवण कुमार पोखरेलको निर्देशनमा तत्कालै आन्तरिक राजश्व कार्यालयका अधिकृत प्रतिनिधी डिल्लीराम चौलागाईको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय झापाका प्रतिनिधी यदुनन्दन दाहाल समेत रहनु भएको टोलीले उक्त पसलको अनुगमन गरेको छ । अनुगमनको क्रममा टोलीले आवश्यक अनुसन्धानका लागि शिवंम् ट्रेड एण्ड सप्लायर्सका प्रोपाईटरलाई तीन दिन भित्र आ.व. ०८२/०८३ का बिल बिजक खाता र अन्य कागजात सहित आन्तरिक राजश्व कार्यालय झापामा उपस्थित हुन लिखित निर्देशन दिएको जानकारी प्राप्त भएको छ । तत्कालिन समयमा बजारमा प्रति के.जी. रु.१२५ मा पाईने कडितारलाई उक्त हार्डवेयर पसलले प्रतिकेजी रु. ३६०.oo सम्ममा विक्री गरेको र रकम भुक्तालीको प्रमाण सहित पीडित उपभोक्ताले प्रसाशनमा उजुरी दिनु भएको जानकारी गराउँछौ ।
५ हालै प्रादेशिक अस्पताल भद्रपुरले एक सेवाग्राही विरामी सँग रु १९५०/00 को औषधीलाई रु.६८६८/६५ भुक्तानी लिएको विषय फेसबुक मार्फत बाहिर आएपछि अभियानकर्मीहरुले त्यसलाई पोष्ट भाईरल बनाउनुका साथै प्रमुख जिल्ला अधिकारीज्यूलाई जानकारी गराएपछि तत्कालै उक्त प्रादेशिह अस्पतालले भुलवश यस्तो हुन गएको व्यहोराको सार्वजनिक अपिल प्रकाशित गर्दै पीडित बिरामीलाई मुल्य बाहेकको रकम फिर्ता गरेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain