२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

नेपाल पुलिस सेमीफाइनलमा, प्रथम झापा महिला गोल्डकप

नेपाल पुलिस सेमीफाइनलमा, प्रथम झापा महिला गोल्डकप
झापाको शिवसताक्षी नगरपालिका दुधे रङ्गशामा जारी प्रथम झापा महिला गोल्डकप प्रतियोगितामा नेपाल पुलिस फाइनमा प्रवेश गरको छ । पुलिसले संकटालाई २-० गोल अन्तरले पराजित फाइनल प्रवेश गरेको हो ।
पुलिस क्लब मिना देउवाले खेलको ६९ औं मिनटमा गोल गरी टिमलाई अग्रता दिलाइन् । रेखा पौडेलले ८२ औं मिनटमा गोल गरी गोल संख्या दोब्बर गरिन् । पुलिसको भेट भोली हुने दोस्रो सेमीफाइनलको त्रिभुवन आर्मी र एपीएफको विजेतासंग हुने छ । आजको प्लेयर अफ दि म्याच रेखा पौडेल भइन् । उनले नगद १५ हजार नगद हात पारिन् ।
 विजेताले नगद १० लाख १० हजार र उपविजेताले नगद ५ लाख रुपैया हात पार्ने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ  र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain