२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

एनपीएल–२ आजदेखि शुरु, उद्घाटन खेलमा साविक विजेताजनकपुर बोल्ट्सलाई काठमाण्डौँको चुनौती ।

काठमाण्डौँ, नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आज ९मंसिर १० देखि सुरु हुँदैछ ।
प्रतियोगिताको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमाण्डौँ गोर्खाजले चुनौती प्रस्तुत गर्दै छ । एनपीएलमा यी दुई टिमबीचको यो दोस्रो भेट हो । यसअघि जनकपुरले पहिलो संस्करणको लिग चरणको खेलमा काठमाण्डौँ विरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
पहिलो संस्करणको च्याम्पियन बन्दा जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएको थियो । यता, काठमाण्डौँले पहिलो संस्करण पाँचौँ स्थानमा रहँदै टुंग्याएको थियो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने यो खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ । यो नेपाली क्रिकेट इतिहासमै फ्लडलाइटमा हुन लागेको पहिलो खेलसमेत हो ।
एनपीएल दोस्रो संस्करणका सबै खेल कीर्तिपुरस्थित् त्रिवि मैदानमा हुनेछन् । लिगका नौ खेल दिउँसो र २३ खेल डे–नाइट अर्थात फ्लडलाइटमा हुने क्यानले जनाएको छ । मंसिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुनेछन् ।
प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलो संस्करणकै आठ टिम प्रतिस्पर्धामा छन् । जसमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किग्स, चितवन राइनोज, काठमाण्डौ‘ गोर्खाज र लुम्बिनी लायन्स छन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain