अर्जुनधारा खुला महिला भलिबल खेल बुधबारबाट शुरु
अर्जुनधारा खुला महिला भलिबल खेल आज बुधबारबाट शुरु भएको छ । आयोजक अर्जुनधारा नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी माविले १७ गतेदेखि मंसिर २१ गतेसम्म हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका हुन् । प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छ । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् । लिग तथा नकआउट खेलको तालिकाअनुसार पहिलो खेल नेपाल एपिएफ क्बल र एभरेस्ट लुम्बिनी क्लबबीच हुनेछ । खेल १२ः३० बजेबाट सुरु हुनेछ । २ः३० बजे दोस्रो खेल न्यु डायमन्ड क्लबविरुद्ध कोशी प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन् । १८ गते नेपाल एपिएफ क्बल र त्रिभुवन आर्मी क्बलबीच हुनेछ । भने दोस्रो खेल न्यु डायमन्ड र नेपाल पुलिस क्लबविच हुने छ । मंसिर १९ गते एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । दोस्रो खेल कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगितामा लागि अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदानमा कोर्ट र प्यारापिट निर्माण गरिएको छ । विद्यालय परिसरमै एक हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक हुन लागेको हो । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका विर बहादुर राईले बताए । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।



प्रतिक्रिया दिनुहोस्