२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

नेपाल पुलिस क्लब र एपीएफ क्लबले उपाधिका लागि प्रतिष्पर्धा गर्ने

नेपाल पुलिस क्लब र एपीएफ क्लबले उपाधिका लागि प्रतिष्पर्धा गर्ने

झापमा जारी अर्जुनधारा खुला महिला भलिबलको उपाधिको लागि नेपाल पुलिस क्लब र एपीएफ क्लबले प्रतिष्पर्धा गर्ने छन् । पहिलो खेल नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलको प्रवेश गरेको हो । पुलिसले आर्मीलाई २५-७, २५-१५ र २५-१७ अंकले पराजित गरेको हो । प्लेयर अफ दि म्याच पुलिसकी एलिसा मानन्धर भईन् । दोसो सेमीफाइनलमा एपीएफले न्यू डाइमण्डलाई २५-२२, २५-१६, २२-२५, २५-१२ पराजित गरेको हो । प्लेयर अफ दि म्याच एपीएफकी यमुना रसाइली भईन् । दुवै प्लेयर अफ दि म्याच जनही ५ हजार हात पारिन् । फाइनल खेल भोली हुने आयोजकले जनाएको छ ।
विजेताले नगद २ लाख र ट्र्फी उपविजेताले १ लाख हात पार्ने छन् । विद्यागत तर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन्

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain