पुस ६ गते आज विहान जिल्ला झापा कमल गाउँपालिका वडा नम्बर ५ धन प्रसाद मार्ग स्थित गेउरीय खोलाको किनारमा बेबारिसे अवस्थामा हतियार फेला परेको प्रहरीले जनाएको छ । उक्त स्थानबाट २३८१६९ नम्बरको ग्यासगन थान १ खिया लागेको बट, नाल सहित जलेको अवस्थामा फेला परेको हो । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय दमक झापाबाट आन्दोलनकारीले लुटपाट गरी लगिएको प्रहरीको अभिलेखमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्