२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

निर्वाचन अधिकृतको कार्यालय स्थापनासंगै मुलुक चुनावमा होमियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन कार्यको लागि झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
झापाको भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृत र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को कार्यालय मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइटेलले उद्घाटन गर्नु भएको हो ।
झापा जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ वटा छन् । अन्य सवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ को मेचीनगर नगरपालिकाको कार्यालय, निर्वाचन क्षेत्र नम्बर २ को अर्जुनधारा नगरपालिकाको कार्यालय, ४ को तुर्षा हेमरम प्रतिष्ठानको भवन र ५ नम्बर निर्वाचन क्षेत्रको आर्गानिक कृषिकेन्द्र दमक ८ मा निर्वाचन अधिकृतको कार्यालय स्थापन भएका को जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain