आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन कार्यको झापा शुरक्षा ब्यवस्था कडा बनाइने प्रहरीले जनाएको छ । आज जिल्ला प्रहरी कार्यालयमा पत्रकारसंगको भेटघाटमा प्रहरी प्रमुख बसुन्धरा खडकाले बताउनु भएको हो । खड्का प्रतिनिधिसभा मनोनयन पत्र दर्ताको अघिल्लो दिन सरुवा भई झापा आउनु भएको हो, भदौ २३ र २४ गते पछि हराएका र लुटिएको १६ थान हतियार फेला परेको छैन् । खोजी कार्य तिब्र पारिएको छ । ती हतियार नपडकने बनाउन लागि परेको उहाँले बताउनु भयो । झापाको ५ नम्बर क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदको लागि भावी प्रधानमन्त्रीको रुपमा रास्वपाले बालेन्द्र शाहलाई उम्मेद्धार बनाएको छ भने । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेबाट चुनावी प्रतिष्पर्धामा छन् । माघ ६ गते मनोनयन पत्र दर्ताको दिन नै एमाले र रास्वापाको कार्यकर्ताविच विवाद भएको आफुले सामाजिक सञ्जालमा हेरेको बताउदै खड्काले सवै शुरक्षा निकायसंग समन्वय गरी भय रहित र शान्तिपूर्ण बातावरणमा निर्वाचन सम्पन्न गर्ने उहाँले बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्