प्रतिनिधि–सभाको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरिसकेको व्यहोरा विदितै छ। सो आचारसंहिताको परिपालनाका सम्बन्धमा झापा जिल्लामा निर्वाचन आचारसंहिता २०८२ मा भएका व्यवस्था उल्लङ्घनका घटना भएको जानकारी प्राप्त हुन आएकोले देहायका कार्यहरु नगर्न नगराउनुहुन राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन तथा सम्बन्धित व्यक्तिहरुको लागि यो सूचना जारी गरिएको छ ।
क. मतदान हुने दिनभन्दा सत्र दिन अघि अर्थात मिति २०८२ फाल्गुन ४ गतेदेखि मात्र निर्वाचन प्रचारप्रसार सम्बन्धी देहायको काम गर्न सक्ने,
जुलुस, आमसभा वा कोणसभा गर्न,
सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न,
निर्वाचन प्रचारप्रसारको लागि मरदैलो कार्यक्रम गर्न।
ख. जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी या क्याप, भेष्ट, टि–सर्ट ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने।
ग. कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, उद्यान, सडकका भित्ता वा पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने।
घ. उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३०४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन वा प्रसारण गर्न नहुने।
ङ. उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा प्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन वा प्रसारण गर्न नहुने।
च. अनलाइन वेबपेज, टिभी स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न गराउन नहुने।
छ. दलको झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने।
ज. कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचार प्रसार गर्न वा मत माग्न नहुने



प्रतिक्रिया दिनुहोस्