झापामा जारी सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तराष्ट्र्यि आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा टाईब्रेकरमा झापा ११ ले सिगंलिगं स्पोटिगं क्लब सिक्किमलाई ४-३ गोल अन्तरले पराजित गरेको छ ।
झापाको डोमालाल राजवंशी रंगशालामा भएको ९० मिनटको निधारित समयको खेलमा दुवै टिमले गोल गर्न सकेनन् । त्यसपछि खेल सिधै टाईब्रेकरमा गएको थियो । टाई ब्रेकरमा झापाका रोमन भुजेल, गौरब धिमाल, राजेश दाहाल, र विवेक मगर गोल गरे । सिक्किमको सोनुहाङ् सुब्बा, हेलमेट सुब्बा, र सुरज तामाङले गोल गरे भने सुजन सुब्बाको प्रहार विपक्षी किपरले रोकेका थिए । दिपेश क्षेत्रीको प्रहार आकासिएको थियो । आजको प्लेयर अफ दि म्याच झापा गोल किपर विवेक मगर भए । उनले नगद २५ हजार रुपैया हात पारे । भोलीको खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एशोसियशन पोखराविच हुने आयोजकले जनाएको छ । विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सर्वोउत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्