२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतलनिवासमा सोमबार मध्याह्न विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।

रामेश्वर खनालले अर्थ मन्त्री, कुलमान घिुसिङले ऊर्जा मन्त्री र ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रीको शपथ लिएका हुन्।

शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थहरूको सहभागीता थियो।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि शपथ ग्रहण समारोहमा सहभागी थिए।

 

सेतोपाटीबाट साभार

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain