झापामा जारी सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तराष्ट्र्यि आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा टाईब्रेकरमा त्रिभुवन आर्मीले लालीगुराँस एशोसियशन पोखरालाई ४-२ गोल अन्तरले पराजित गरेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा भएको ९० मिनटको निधारित समयको खेलमा दुवै टिमले गोल गर्न सकेनन् । त्यसपछि खेल सिधै टाईब्रेकरमा गएको थियो । टाई ब्रेकरमा आर्मीका नवीन लामा, विक्रम तामागं, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे । पोखराका पहिलो प्रहार राम थापाको विपक्षी गोल किपरले रोकेका थिए भने विशोन गुरुगंको प्रहार आकासिएको थियो । टिकाराज गुरुगं र सुदिप गुरुगंको प्रहारमात्र गोलमा परिणत भएको थियो । आजको प्लेयर अफ दि म्याच आर्मीका गोल किपर विकेश कुथु भएका छन् । उनले नगद २५ हजार रुपैया हात पारे । भोलीको खेल एपीएफ क्लब र आर.टि.सी. भूटानविच हुने आयोजकले जनाएको छ । विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सर्वोउत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्