२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

सातौं झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण फाइनल खेलमा उपस्थित दर्शक तथा खेलाडीको तस्वीर

मछिन्द्र फुटबल क्लब विजय सातौं झापा गोल्डकप

सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तराष्ट्र्यि आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको मछिन्द्र फुटबल क्लब च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलमा मछिन्द्रल एपीएफ क्बललाई ३-१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रले नगद १५ लाख रुपैया र ट्रफी हात पारेको छ । उपविजेता एपीएफले नगद ७ लाख ५० हजारमै चित्त बुझाएको छ ।

 

झापाको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मछिन्द्रका प्रदिप बुढाथोकीले ३१ औं मिनटमा र ४५ औं मिनटमा फ्र्याक एहोनीले गोल गरेर गोल संख्या दोब्बर बनाए । एपीएफका दिपेश धिमालले गोल गरेर दुरी घटाए । तर मछिन्द्रका एलीसन एल्जोनोभले ८३ औं मिनटमा कर्नर बललाई हेडर मार्फत गोल गरेर जित निश्चित बनाए । सर्वौउत्कृष्ट खेलाडी मछिन्द्रका पेमा तामागं भएका छन् उनले एकथान मोटरसाइल प्राप्त गरेका छन् ।

उत्कृष्ट गोल किपर विशाल श्रेष्ठ, प्रशिक्षक प्रवेश कटुवाल, हाई स्कोर ४ गोल जोनाथन सवै मछिन्द्र क्लबका भएका छन् । सवैले जनही ३५ हजार रुपैया हात पारेका छन् ।
खेलको सर्वोउत्कृष्ट खेलाडी भएका छन् उनले मोटरसाइकल हात पारेका छन् ।

प्रतियोगितामा १० टिम सहभागी हुने छन् । आयोजक झापा एघार, विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ क्लब, चर्चबोइज, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एशोशियसन क्लब, सिगंलिगं स्पोटिगं क्लब सिक्किम, आर टि सी भूटान, एन पेनागं एफसी मलेशिया ।

तस्वीर, भारती राई झापा टेलिभिजन

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain