२०८३ बैशाख ६
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

मध्यपूर्वको युद्धको बाछिटा निर्माण ब्यवसायमा

मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले साथै नदिजन्य निर्माण सामग्रिहरु खोलाबाट निकाल्न नपाउनु, व्यक्तीगत जग्गाबाट खरिद गरिएका ढुङगा, गिटी, बालुवा ओसार पसारमा स्थानिय निकाय र सुरक्षा निकायको धरपकड हुनुले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकोप्रति यस निर्माण व्यवसायी संघ झापा नेपाल सरकार सहित सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ। इन्धनजन्य सामाग्रीहरू सहित निर्माण कार्यमा व्यापक प्रयोग हुने विमिन, सिमेण्ट, डण्डी लगायत नदिजन्य निर्माण सामाग्रीहरूमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको छ। यस बाहेक देशका विभिन्न ठाउँमा क्रसर उद्योगमा देखिएको समस्या, कतिपय स्थानिय निकायमा काम सम्पन्न गरेता पनि भुक्तानी नपाउनु ९समयमै रकमान्तर नहुनु। साथै धेरै व्यवसायीहरुले २०८०र०८१ देखि को पूर्वाधार विकास कार्यालय झापा वाट हालसम्म भुक्तानी नपाउनुले निर्माण व्यवसायीहरु थप आक्रान्त भएको छ ।

निर्माण उद्योगको यस्तो अत्यन्त विषम परिस्थितिका विषयमा केन्द्रीय महासंघले बारम्बार नेपाल सरकार लगायतका निकायहरूमा पत्राचार गरेतापनि समस्या समाधान हुने गरी अहिले सम्म केही कार्यान्वयन नभएको व्यहोरा अवगत गराउँदछौं। वार्षीक ठेक्काको कुनैपनि मुला समायोजन राख्ने प्रावधान नहुन र मुल्य सायोजन हुने बहु वर्षीय ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूबकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामाग्रीहरूको अत्याधिक मूल्यवृद्धि भएतापनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामाग्रीहरूको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको अतः निमर्माण कार्य तीव्र रुपमा हुने समयमै इन्धन सामग्रीहरू सहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेका अत्यधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा ुआपतकालु घोषणा गरी व्यवसायीहरूलाई अविलम्ब राहत दिन यस जिल्ला संघ जोडदार माग गर्दछ ।

साथै प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप हालको कानूनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने हुँदा मूल्य समायोजनको मार्ग निर्देशिका(२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीहरूको समस्या तुरुमा सम्बोधन गर्न निर्माण व्यवसायी संघ झापा सरकार समक्ष अपील गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain