२०८३ बैशाख ६
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

निःशुल्क स्वास्थ्य शिविर

झापा, मेडिकल हवका रुपमा परिचित भए पनि बालबालिकाको उपचारका लागि छुट्टै बाल अस्पताल नभएको अवस्थामा बिर्तामोड चिल्ड्रेन अस्पताल जिल्लाकै पहिलो चिल्ड्रेन अस्पताल भएको अवगत गराउन चाहान्छौं । नव वर्षको उपलक्ष्यमा यस बिर्तामोड चिल्ड्रेन अस्पतालले बालबालिकाको समग्र स्वास्थ्य परीक्षण तथा उपचार सेवालाई सहज पहुँच पुर्याउने उद्देश्यले आगामी वैशाख ७ देखि २१ गतेसम्म निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएका छौं । नवजात शिशुसहित बालबालिकाको उपचार ओपिडि सेवालाई निःशुल्क गर्दै अन्य परीक्षणमा समेत २० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं ।

सम्पूर्ण अभिभावकहरुलाई आफ्ना बालबालिकालाई एक पटक स्वास्थ्य परिक्षणका लागि अस्पताल आएर निःशुल्क स्वास्थ्य परिक्षण गर्न आग्रह गर्दछौं । हामी बालबालिकाको स्वास्थ्य प्रति सजग छौं । बालबालिकाको मात्रै उपचार गर्ने उद्धेश्यले सञ्चालनमा आएको यस अस्पतालले नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रुपक आचार्यसहितको चिकित्सकको टोलीले २४ घण्टा सेवा कार्यरत छ ।

शिविरमा बाल रोग परीक्षण, पोषण सम्बन्धी समस्याको जाँच तथा उपचार, अनुभवी बाल रोग विशेषज्ञ तथा चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्नेछन् । बिर्तामोड र आसपासका क्षेत्रका बालबालिकाहरूमा हुने स्वास्थ्य सम्बन्धी जटिलता, पहिचान गरी उपचार गराउन यो शिविर आयोजना गरिएको हो ।

शिविर अवधिभर, ओपिडी सेवा निःशुल्क, ल्याब परिक्षणमा २० प्रतिशत छुट, विपन्न तथा ग्रामिण क्षेत्रबाट आउने सेवाग्राहीलाई स्थानीय तहको सिफारिसमा २० प्रतिशत छुट, स्थानीय तह तथा संघ–संस्थाको समन्व्यमा स्वास्थ्य शिविरहरु सञ्चालन गरिने, शिविर अवधिभर औषधिमा विशेष छुटको ब्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain