२०८३ जेष्ठ २०
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

नेपाल पुलिस क्बल सेमीफाइनलमा

झापामा जारी चन्द्रगढी महिला गोल्डकप प्रतियोगितामा नेपाल पुलिस फुटबल क्लबले, रानी लक्ष्मी स्पोर्टस् एकाडेमी भारतलाई ५–१ गोल अन्तर पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको छ । १४ औं मिनटमा १० खेलाडीमा झरेको पुलिस विरुद्ध भारतीय टिमले १५ औं मिनटमा विनी कुमारीले गोल गरी अग्रता लियो ।

पुलिसकी गोलकिपर उषा नाथले डिबक्स बाहिर आएर गोल समातेपछि उनी रातो कार्ड खाँदै मैदान बाहिर निस्किन् । उनको स्थानमा वैकल्पिक गोलकिपर सपना राई मैदान प्रवेश गरिन् । पुलिसकी हेमन्त कुमारीले ३८ औँ मिनेटमा खेल बराबरी गरिन् । रेखा पौडेलले ४६ औं मिनटमा हेडमार्फत गोल गर्दै दुई एक गोलको अग्रता बनाइन् । अमृता जैसीले ५३ औँ मिनेटमा, सम्झना लावतीले ६७ औँ, र ७८ मिना देउवाले गोल गरिन् ।

खेलको इन्ज्युरी समयमा पूजा रानाले गोल गरिन् । खेलको प्लेयर अफ द म्याच विजेता टिम नेपाल पुलिसकी पूजा राना भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

भोलिको खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ र ट्रफी पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain