२०८३ जेष्ठ २०
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

एपीएफ च्याम्पियन, चन्द्रगढी महिला गोल्डकप

झापाको भद्रपुरमा सञ्चालित चन्द्रगढी महिला गोल्डकपको एपीएफ फुटबल क्लब च्याम्पियन बनेको छ ।

७३ औं मिनटमा एपीएफका रश्मी कुमारी घिसिगं ले गरेको गोल नै निर्णयक बन्यो । च्याम्यिन बनेसंगै नगद ११ लाख रुपैया र ट्र्फी हात पारेको छ । त्रिभुवन आर्मीले नगद ५ लाख रुपैयामै बुझाएको छ । प्रतिष्पधात्मक खेलमा आर्मीले गोल गर्न नसक्दा हार ब्यहोर्नु परेको हो । आजको प्लेयर अफ म्याच नगद ११ हजार र उत्कृष्ट फरवर्ड एपीएफका रश्मी कुमारी घिसिगं भएकी छिन् । सर्वाेउत्कृष्ट खेलाडी एपीएफका रेनुका नगरकोटी भएकी छिन् । उनले नगद १ लाख रुपैया हात पारिन् । उत्कृष्ट गोल किपर एपीएफका अन्जना राना मगर । उत्कृष्ट डिफेन्डर एपीएफका गीता राना मगर, उत्कृष्ट मिडफिल्डमा आर्मीकी दिपा शाही भएकी छिन् । राइजिगं प्लेयर आयोजक टिमका सवनम राई भएकी छिन् । विद्यागत पुरुषकार जनही नगद २५ हजार रहेको छ । प्रतियोगितामा भारतको दुई र नेपालको ८ टिम गरी १० टिम सहभागी थिए । बैशाख ५ गतेबाट खेल सञ्चालन भएको थियो ।

रेनुका नगरकोटी, सर्वोउत्कृष्ट खेलाडी एपीएफ

रश्मी कुमारी घिसिङ् उत्कृष्ट फरवर्ड एपीएफ

अन्जना राना मगर, उत्कृष्ट गोलकिपर एपीएफ

 

गिता राना मगर, उत्कृष्ट डिफेन्डर एपीएफ

सबनम राई, राइजिङ प्लेयर आयोजक सीवाइसी

 

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain