किराँत याक्थुङ चुम्लुङ नगर शाखा बिर्तामोडको आयोजनामा झापाको अर्जुनधारामा भूपू सुरक्षाकर्मी राष्ट्रिय स्तरीय प्रथम ब्याडमिन्टन प्रतियोगिता र कोशी प्रदेशस्तरीय सिभिल बी लेभल खुल्ला र भेट्रान्स डबल ४५ बर्ष माथिको ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ ।

प्रतियोगिताको ५० बर्षभन्दा मुनीको भूपू पुरूष डबल्सतर्फ प्रथम पुरस्कार ४१ हजार, द्वितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार १० हजार, ५० बर्षभन्दा माथीको भूपू पुरूष डबल्सतर्फ प्रथम पुरस्कार ४१ हजार, द्वितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार १० हजार, कोशी प्रदेश बी लेभल सिभिल खुल्लातर्फ प्रथम पुरस्कार ४१ हजार, द्वितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार १० हजार, कोशी प्रदेश भेट्रान्स डबल्स ४५ वर्षदेखि माथी प्रथम पुरस्कार ४१ हजार, द्वितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार १० हजार, भूपू डिपेन्डेसन महिला डबल्सतर्फ प्रथम पुरस्कार २५ हजार, द्वितिय पुरस्कार १५ हजार र तृतिय पुरस्कार ७ हजार ५ सय, भूपू र डिपेन्डेसन मिक्स डबल्सतर्फ प्रथम पुरस्कार २५ हजार, द्वितिय पुरस्कार १५ हजार र तृतिय पुरस्कार ७ हजार ५ सय रूपैयाँ रहेको उनले बताए ।

देशभरिका रिटायर्ड आर्मी र सिभिल गरी एक सय टीमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । कुल सञ्चालन खर्च १० लाख रुपैया लाग्ने जनाइएको छ । फाइनल खेल भोली हुने छ ।



प्रतिक्रिया दिनुहोस्