जेठ ११ गते राती आएको हावाहुरीले झापाको केराखेती नष्ट गरेको गरेको छ । बाह्रदशी र झापा गाउँपालिकामा मात्र ७२ विघाको केरा नष्ट भएको छ । यसको मुल्य झण्डै ४ करोड मुल्य बराबर हो । अन्य पालिकाको तथ्याकं आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र भद्रपुर झापाले जनाएको छ ।

बाढीडुवान होस् वा हावाहुरी दुवैले केराखेती नष्ट गर्दछ । कृषि विमा भएको भए, किसानले राहात पाउने थिए । सरकारले विमाको पहल नगर्दा केराखेती गर्ने किसान सधै मर्कामा पर्ने गरेका छन् ।
बजारमा जान ठिक्क परेको केरा बोटमा लडेका छन् । भारतबाट केरा आयत सरकारले निरुत्साहित गरेकाले राम्रो मुनाफा हुदै थियो । प्रति विघा ५ लाख रुपैयाको केरा उत्पादन हुने गरेको छ ।

जसमा ५० प्रतिशत आम्दानी हुने किसान बताउँछन् । लागत मुल्य मात्र भएपनि राहात स्वरुप उपलब्ध गराउनु पर्ने किसानले सरकारसंग माग गरो छन् ।




प्रतिक्रिया दिनुहोस्