२०८३ जेष्ठ २०
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

प्रथम वर्खा स्मृति प्रतिष्ठानद्धारा हाफ मेरेथोन

झापाको बुद्धशान्तिमा खुला हाफ मेरेथोन प्रतियोगिता सञ्चालन हुने भएको छ । बर्खा स्मृति प्रतिष्ठानले प्रतियोगिताको आयोजना गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । आगामी साउन १९ गते सञ्चालन हुने प्रतियोगितामा ४ सय जना सहभागी गराइने छ ।

१६ वर्ष उमेर पार गरेका पुरुष महिला दुवै समुहले सहभागी हुने जनाइएको हो । भारतको सिलिगुढीबाट समेत प्रतियोगी सहभागी हुने छन् । प्रथम हुनेले नगद ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौले नगद १० हजार र ट्र्फी हात पार्ने छन् । विजय धावकले १ वर्षको लागि जिवन विमा प्रतिष्ठानले गरिदिने भएको छ ।


मेरेथोन दौड बुद्धशान्ति गाउँपालिकाको प्राङ्गणबाट सुरु भई पुलचोक स्थित हडियाको पुल उत्तर पूर्वबाट बुद्धशान्ति–४ मंगलबारे हुँदै मदन भण्डारी राजमार्गदेखि बुद्धशान्ति–१, नमुना भोटेटार चोक होक्से चोक, जयपुरदेखि बुधबारे चोक तर्फ अघि बढी बुद्धशान्ति गाउँपालिकाको प्राङ्गणमा २९ कि.मि. दुरी पार गरी दौड सम्पन्न हुनेछ ।

प्रतियोगितामा समावेश हुनका लागि अनलाईन फर्म भर्न आवश्यक छ जसमा रु. ३००।– शुल्क तिर्नुपर्नेछ । क्यूआर मार्फत तिरेको स्टेटमेन्टको कअचभभलकजयत सो फर्ममा अपलोड भएको हुनुपर्ने छ अन्यथा अपलोड नभएको आवेदनलाई मान्यता दिइने छैन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain